राष्ट्रिय

वंगुर तथा बाख्रा पालन सम्बन्धि तालिम

भोजपुर, ३० जेठ । भोजपुर जिल्लाको पुर्वी गाउँपालिका पौवादुम्माको वडा नं २ तिवारीभञ्जयाङमा ६ दिने वंगुर तथा बाख्रा पालन सम्बन्धि तालिम वुधबार समापन भएकोे छ । तालिम सामाजिक विकास संस्थाको आयोजना र पौवादुम्मा गाउँपालिकाको प्रायोजनमा सञ्चालन भएको थियोे । 
तालिम गाउँमा रहेका युवाहरुलाई गाउँमानै सिप तथा तालिम दिएर स्वरोजगार बनाउनका लागीे आयोजना गरीएको सामाजिक विकास संस्थाका अध्यक्ष मनोज खनालले जानकारी दिए । तालिमको सहजीकरण जिल्ला पशु सेवा कार्यालय भोजपुरका पशु चिकित्सक हेमचन्द्र दाहालले गरेका हुन  । तालिममा पौवादुम्मा गाउँपालिकाका २० जना अगुवा कृषकहरुको सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस