भोजपुर खबर

सिद्धेश्वरको योजना छनौट कार्यक्रम

भोजपुर, ३० जेठ । भोजपुर नगरपालिका वडा नं ४ सिद्धेश्वरको योजना छनौट कार्यक्रम सम्पन्न भएको छ । वडा वडाअध्यक्ष प्रेम भण्डारीको अध्यक्षतामा  बसेको वडा परिषदले ४३ वटा योजनाहरु छनौट गरेको छ । भोजपुर नगरपालीकाबाट वडाका लागी छुटयाईएको करिब ४५ लाख बराबरको रकम अनुसार योजनाहरु परिषदबाट पास गरेको वडा अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए । जसमा सवैभन्दा वढि १४ लाख विद्युतमा, ७ लाख खानेपानी, सिचाई लगायत अन्य योजनाहरु गरी ४५ लाख रकम विनियोजन गरीएको छ । 
त्यस्तै जिर्ण अवस्थामा रहेको स्वास्थ्य चौकी भवन अर्कैढाउँमा निमार्णका लागी जग्गा खरीद गर्न नेत्र पाण्डले १ लाख, काजी पाण्ठले १ लाख र प्रेम पाण्डेले १ लाख गरेर ३ लाख अनुदान स्वरुप र वडा कार्यालयबाट ३ लाख रकम विनियोजन गरीएको छ । उक्त रकमबाट  ४ रोपनी १ आना जग्गा खरीद गरी भवन निमार्ण गर्ने निर्णय समेत परिषदले पास गरेको वडा अध्यक्ष प्रेम भण्डारीले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस