भोजपुर खबर

कम्यूनिष्ट शासन लाद्न दिदैनउ,आन्दोलन गर्नुपर्ने दिन आउँदैछः कांग्रेस

काठमाडौँ, २९ जेठ । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ अधिवेशनको मंगलबार भएको उद्घाटन सत्रमा नेताहरुले कांग्रेसलाई एक्ल्याएर कम्यूनिष्ट शासन लाद्न खोजिएको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्नुपर्ने बताएका हुन् ।
प्रमुख प्रतिपक्ष कांग्रेसका शीर्ष नेताहरुले सरकारका निर्णय र गतिविधि संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि विरुद्ध देखिएको भन्दै त्यसको रक्षाका लागि आन्दोलनको घोषणा गर्नुपर्ने अवस्था आएको जनाएका  हुन ।

कार्यक्रममा कांग्रेस सभापति शेरवहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउने दिशामा प्रधानमन्त्री केपी ओली लागेको भन्दै त्यसबिरुद्ध आन्दोलन गर्नुपर्ने बताए । ‘यो सरकारविरुद्ध चाडै नै आन्दोलनको घोषणा गर्नुपर्ने दिन आउँदैछ’ देउवाले भने । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको राष्ट्रवादको नारा लम्पसारवादमा परिणत भएको बताए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सञ्चालनका लागि सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई भन्दा बढीको समर्थन हुनेगरी सरकारमा सबैलाई ल्याउन खोज्नु रहस्यमय भएको बताए । ‘यो घटना रहस्यमय र शंकास्पद छ, कांग्रेस समयमै सतर्क हुनुपर्छ’ उनले भने, ‘संविधान संशोधनको चर्चा, प्रादेशिक संसदमा प्रधानमन्त्रीको सम्बोधन, लोकतान्त्रिक संरचनामाथि नियन्त्रित अभ्यास राज्यसत्ता केन्द्रीकृत गर्ने योजनाबाट आएको छ । यसका विरुद्ध हामी लड्नुपर्ने हुन्छ ।’
कांग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले भविष्यका चूनौतिहरुलाई सामना गर्न सक्ने क्षमताको पार्टी बनाउनु पर्ने भन्दै एकतामा जोड दिए ।
त्यस्तै पौडेलले पार्टी नसच्चिएसम्म अघि बढ्न नसकिने बताए भने सिटौलाले पार्टी्भित्र सामन्तवाद प्रवृति हावी भएको बताए । ‘न्याय, निष्पक्षता र पारदर्शीतासहितको मुल्याकंनले मात्रै पार्टी अघि बढ्न सक्छ’ पौडेलेको भनाई थियो,‘विधानको दाहारभित्र रहेर नेतृत्व चल्नुपर्छ । मेलमिलापको आधार त्यहि हो ।’ सिटौलाले प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा पार्टी नेतृत्वबाट व्यापक विकृति भित्रिएको बताए । युवा नेता थापाले पार्टीलाई पुरानो ठाउँमा नभएर नयाँ ठाउँमा र्पुयाउने अभियान सुरु गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस