भोजपुर खबर

भोजपुरमा सहिद को शालिक अनावरण

भोजपुर, २९ जेठ । भोजपुरको हतुवागढी गाउँपालिका १ सहिद पार्कमा सहिद तिर्थमान राईको शालिक अनावरण गरिएको छ । तत्कालिन माओवादी जनमुति सेनाका कमाण्डर रहनु भएका सहिद राईको शालिक मंगलबार अनावरण गरिएको हो ।
गाउँपालिकाको गढीडाँडा स्थित सहिद पार्कमा राईको शालिक प्रतिनिधी सभा सांसद सुदन किराँतिले अनावरण गरेका हुन । राई २०६१ सालमा मोरङमा भएको भिडन्तमा सहिद भएको पारिवारिक श्रोतले जनाएको छ ।
शालिक राईको आफन्तहरुले ४ लाख लागतमा निर्माण गरेका हुन । सहिद राईको शालिक २ फिट ६ ईन्चको अर्धकदको रहेको छ । शालिकमा राईका आमा ७७ बर्षिय लक्ष्मी राई र ७७ बर्षकै बुवा गोपीमान राई लगायत आफन्तले माल्र्यापण गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथी समेत रहेका सांसद किरातीले सहिदहरुको सपना साकार पार्न आफु अहोरात्र लागी पर्ने भन्दै उहाले अव विकाश र समृद्धीको विकल्प नरहेकोमा समेत जोड दिए ।
 

प्रतिकृया दिनुहोस