भोजपुर खबर

जाल्पा माविका विद्यार्थी र शिक्षकहरुलाई नगद प्रदान

भोजपुर, २८ जेठ  । भोजपुर नगरपालिका वडा नं १० भैसिपंखा हाल सिकिक्म निवासी समाजसेवी तथा शिक्षा प्रेमी अम्बर बहादुर राईले जाल्पा माविका विद्यार्थीहरु र शिक्षकहरुलाई नगद प्रदान गरेका छन ।  राईले भैसिपंखा जाल्पा माविमा अध्ययनरत कक्षा इसिडि देखि कक्षा १० सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई रु ५ सयका  दरले र १३ जना शिक्षकहरुलाई पनी रु ५ सयका दरले गरी जम्मा ६२ हजार नगद प्रदान गरेका हुन । उनले विद्यालयमा अध्ययनरत कक्षा ९ का अपांग छात्र सञ्जीव राईलाई रु २ हजार नगद पुरुस्कार समेत प्रदान गरेका विद्यालयका प्रधानध्यापक बम बहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै राईले यसअघि गाउँमा मावि सञ्चालन गर्नका लागी विद्यालयलाई रु ३० हजार ५ चन्दा स्वरुप प्रदान गरेका थिए । राईले विद्यालयका लागी गरेको उदाहरणीय काम प्रति विद्यालयले उच्च प्रशंसा गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृपाराम राईले बताए । 

प्रतिकृया दिनुहोस