भोजपुर खबर

सुरक्षाका लागी बारवेर र सरसफाई बहिरा विद्यालयमा

भोजपुर, २८ जेठ  । भोजपुरमा रहेको बहिरा आधारभुत विद्यालयलको प्राङगण वरिपरि बारवेर र सरसफाई गरीएको छ । सामुदायीक सेवा केन्द्र भोजपुर र जिल्ला प्रहरी कार्यालय भोजपुरको सयुक्त आयोजनामा बारवेर तथा सरसफाई गरीएको हो ।  वारवेर नहुदा विद्यालयमा रहेका विद्यार्थीहरु आफुखुशि वाहिर जाने, डिलबाट लडेर प्रायजसो विद्यार्थीहरुमा चोटपटक लाग्ने गरेकोले उनीहरुको सुरक्षाका लागी बारवेर गरीएको प्रहरी नायव निरीक्षक दिपेन्द्र पञ्जीयार थारुले बताए  । 
त्यस्तै बारवेरका लागी अनिल अधिकारीले १५ घना, दिल बहादुर बानियाँले ५ घना, अमृत रानाले ५ घना, पुर्ण बहादुर कार्कीले १२ घना गरी जम्मा ३७ घना बास टक्सार बाट ल्याएको विद्यालयका व्यावस्थापक सिताराम ओझाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय भोजपुरका २५ जना कर्मचारी र सामुदायीक सेवा केन्द्र भोजपुरकी अध्यक्ष लिला तामाङ लगायतको सक्रियतामा विद्यालयको बारवेर तथा सरसफाई गरीएको हो । 
 

प्रतिकृया दिनुहोस