भोजपुर खबर

विपतपुर्व तयारी सम्बन्धमा सरोकारवाला निकायसँग छलफल

भोजपुर, २८ जेठ । विपतपुर्व तयारी प्रति कार्य योजना २०७५ तथा मनसुन आपतकालीन कार्ययोजना २०७५ को पुर्व तयारीका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरीएको छ । कार्यक्रम जिल्ला विपत व्यवस्थापन कार्यालय भोजपुरको आयोजना र जिल्ला प्रशासन कार्यालय भोजपुरको समायोजनमा भएको हो ।  प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत व्यवस्थापन समिति भोजपुरकी अध्यक्ष हिरा देवी पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 
नेपाल सरकारले वाढिपहिरो, चट्याङ, हावाहुरी, महामरी, भुकम्प, आगलागी लगायतलाई दैविक विपतको रुपमा लिएको छ ।  यसका लागी सरोकारवाला निकायहरु सँग छलफल गरेर बढि प्रभावित क्षेत्रहरुमा विपत व्यवस्थापन समिति गठन गर्ने, कस्ता किसिमका विपतहरु कुन ठाउँमा अत्याधिक हुर्ने गर्दछ पहिचान गरी पुर्व तयारी गर्ने, वढि मात्रामा प्रयोग हुने श्रोत तथा सामग्रीहरुको स्थानीय गाउँपालिका र नगरपालिका अर्थात स्थानीय सरकारले व्यवस्थापन गर्ने र स्थानीय बुद्धिजिवि, राजनैतिककर्मी लगायतसँग कसरी पुर्ण सचेत भएर बस्ने, विपतका बेला प्रयोग गरिने आवश्यक सामग्री केके हुन तयारी अवस्थामा राख्ने लगायत विषयमा सरोकारवालाहरुलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेलले जानकारी दिईन । 
कार्यक्रममा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालीका, रामप्रशाद राई गाउँपालिका लगायतले विपतपुर्वको तयारीका लागी आवश्यक रकम विनियोजन गरी सकेको र सामग्री ढुवानीका लागी प्रक्रिया अगाडि बढिसकेको समेत सरोकारवाला सम्बन्धित गाउँपालिका अथवा नगरपालिकाका प्रमुख एंव प्रतिनिधिले जानकारी दिएका छन । 
कार्यक्रममा भोजपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश गिरी, षडानन्द नगरपालिकाका मेयर विरवल राई, अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र कार्की, प्रमुख प्रशासनिक अधिकृत प्रदिप गौतम, रामप्रशाद राई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम लिम्बु, जिल्लामा भएका राजनैतिक दलहरुका प्रमुख एंव प्रतिनिधी साथै करिब ६६ वटा सरकारी एंव गैरसरकारी संघसंस्थाका प्रमुख एंव प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिकृया दिनुहोस