अन्तराष्ट्रिय

ओमनको दक्षिणमा शक्तिशाली आँधि, नेपाली सुरक्षित

भोजपुर, १३ जेष्ठ । ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतीमा सामुन्द्रिक आँधि ‘मिकुनु’ आएको छ । त्यँहाको प्रहरीले समयमानै सुचना दिएकाले आँधिमा मानविय क्षती भने खासै नभएको र भौतिक क्षती भने अत्याधिक भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन । त्यस क्षेत्रमा काम गर्ने करिब ७ हजार नेपाली सुरक्षीत साथै सम्र्पकमा रहेको नेपाली दुतावासले जानकारी दिएको छ । शक्तिशाली आँधिले पुयाएको क्षतीको पुर्ण विवरण आउन भने बाकी रहेको त्यँहाको सरकारी निकायले जानकारी दिएको छ । सललाहमा कार्यरत नेपालीका अनुसार त्यँहाको प्रहरीले समुन्द्रि तटहमा रहेका नेपालीलाई अन्यन्त्र सुरक्षीत ठाउँमा स्थानतरण गरीएको छ । विहिबार दिउँसोबाट शनिबार विहानसम्म परेको हावा र पानी अझै ३६ धण्टा नरोकिने जानकारी आएको सललालमा १२ वर्षदेखि कार्यरत भद्रपुर २ झापाका टिकाप्रशाद दाहालले जानकारी दिए । त्यँहाका हासिक र मर्माहक लगायत क्षेत्रमा डुवान भएको छ भने अन्य क्षेत्रमा अधिकाश घरको भुई तलामा पानी जमेको छ । त्यस्तै अर्का तनँहुका सागर अधिकारीले भने  कृषिजन्य बाली ध्वस्त भएको छ भने साना पसल, सुपरमार्केट बन्द रहेका छन साथै समुन्द्रि आधिका कारण घरहरु डलेका पनी छन । 

प्रतिकृया दिनुहोस