भोजपुर खबर

चिन सरकारको अनुदानमा २ नाका पुल

काठमाण्डौँ, २८ जेठ । चिन सरकारले नेपाल चिन जोडने प्रमुख नाकाहरु तातोपानी र रसुवागढिमा नया मितेरी पुल बनाईदिने भएको छ । नेपालका प्रधानमन्त्रि केपि ओलीको आशन्न चिन भ्रमणका क्रममा पुराना पुल भत्काएर अनुदानमा नयाँ पुल वनाईदिने चिनिया प्रस्ताव आईतबार बसेको मन्त्रिपरिषदको वैठकले पारित गरेको छ । अनुदान स्वरुप बन्ने नया पुलको लम्बाई र चौडाई बारे प्राबिधिक अध्ययन पछि थाहा हुने जनाईएको छ । 
रसुवागढि, केरुङ जोडने स्याफ्रुबेसि, च्याङ्वु र तातोपानी खासा जोड्ने लिपिङ खासा मितेरी पुल चिन सरकारको आर्थीक तथा प्राविधिक सहयोगमा निमार्ण गर्न मन्त्रिपरिषदको वैठकले पारित गरेको सुचना तथा सञ्चार मन्त्रि गोकुल प्रशाद बाँस्कोटाले जानकारी दिए । यसअघि २०७२ वैशाखको भुकम्पपछि तातोपानी नाका बन्द रहेको छ । सरकारले नेपाल र चिनविच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा ऊर्जा मन्त्रालय र चिनको सम्बन्धित क्षेत्रका समकक्षीलाई सहमतीपत्रमा हस्तक्षर गर्ने अख्तियारी दिएको छ । 
 

प्रतिकृया दिनुहोस