भोजपुर खबर

चुनावी नारामा सिमित,ग्यासको स्विच पिट्टिकः केपि ओली

काठमाण्डौँ, २८ जेठ । केपि सरकारले २ वर्षअघि जनताको दुख अन्त्य हुने र घरघरमा ग्यासको पाईप हुने घोषणा गरेका थिए । उनले भनेका थिए “ग्यासको स्विच पिटिक्क पार्दा भुर्र ग्यास आउछ यो मेरो प्रतिवद्धता हो ।” चुनाव सकिएको १ बर्ष हुन आट्यो संसदमा केपि ओली नेतृत्वको २ तिहाई छ । उनी सरकारमा आएपछि पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मुल्य सगै दैनीक उपभोग्य सामग्रीको मुल्य दिनानुदिन बढिरहेको छ । 
पछिल्लो समय जेठ १९ गते शनिबार राती १२ वजेबाट लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्य बृदि भयो । नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३÷३ रुपैयाँ वृद्धि गर्यो । मुल्यबृद्धि गरेसगै पेट्रोल लिटरमा ११३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले बताए  ।

प्रतिकृया दिनुहोस