भोजपुर खबर

बहिरा आधारभुत विद्यालयलाई औषधि

भोजपुर, २७ जेठ । भोजपुरमा रहेको बहिरा आधारभुत विद्यालयलाई प्राथमीक उपचारका लागी औषधि उपल्बध भएको छ । ओख्रे स्वास्थ्य चौकीकी प्रमुख संगीता राईले आफनै लगानीमा औषधि किनेर बहिराहरुको प्राथमीक उपचारका लागी आवश्यक पर्ने औषधिहरु हस्तान्तरण गरेकी हुन । राईले चोटपटक र घाउँ सफा गर्ने पोविटिक, ज्वरो र टाउको दुख्दा खाने टाईमोल, आगो र तातो पानीले पोल्दा लगाउने स्लिभर सुलफान्डीजीन, मुटु पेट पोल्दा खाने रिनाटेडिन, झाडा पखाला र मासि पर्दा खाने भायोजोली ४ सय र आखा कानमा प्रयोग गर्ने क्वीन सि नामक औषधिहरु दिएकी हुन । 
विद्यालयमा विद्यालयलाई आर्थीक सहयोग स्वरुप भोजपुर नगरपालिकाले ५ लाख, खानेपानी, विजुली, शिक्षक तलव, भान्सको तलव, आमचोक गाउँपालिकाले ५० हजार, पौवादुम्मा गाउँपालिकाले १ लाख, हतुवागढी गाउँपालिकाले ५० हजार, अरुण गाउँपालिकाले ८५ हजार, सोडा भोजपुरले २२ हजार र सामाजीक विकास मन्त्रालय विराटनगरले २ लाख उपलब्ध गराएको व्यावस्थापक सिताराम ओझाले जानकारी दिए । 
विद्यालयमा हाल १५ जना बोल्न नसक्ने, कान नसुन्ने लगायत विद्यार्थीहरुलाई सांकेतिक भाषाबाट कक्षा १ देखि पढाई भईरहेकोे शिक्षक सन्त कुमार तोम्बापोले जानकारी दिए ।

प्रतिकृया दिनुहोस