भोजपुर खबर

प्राकृतीक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रको स्थापना दिवश

भोजपुर, २७ जेठ । भोजपुरमा “दिगो शान्तिको लागी उन्नत सम्बन्ध” भन्ने मुल नाराका साथ प्राकृतीक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रको पाचौँ स्थापना दिवश मनाईएको छ । प्राकृतीक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र भोजपुरको आयोजनामा जिल्ला समन्वय समिति कार्यालयको तालिम हलमा कार्यक्रम मनाईएको होे । भोजपुर नगरपालिकाकी उपमेयर ममिता राईको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा  प्राकृतीक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र भोजपुरका प्रमुख राजन राईले संस्थाले गर्ने काम, अहिले सम्म भएका उपल्विधी र संस्थाको जिल्लामा आवश्यक्ता वारेमा उल्लेख गरे । त्यस्तै राईले प्राकृतीक श्रोतहरुमा सवै नागरीकहरुको समान पहुच भएको भन्दै संस्थाले जिल्लामा प्राकृतीक श्रोतहरुको प्रयोग, भोगचलन, सम्बन्धित विवाद समाधानका लागी पहल तथा सहयोग गर्दै आएको समेत बताए ।  
कार्यक्रममा जिल्ला वन कार्यालय भोजपुरका प्रमुख रामबाबु शाह, हिहल्ड भोजपुरका प्रमुख सरन राई,   जिल्ला स्थित सरकारी एंव गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, जिल्लामा रहेका सक्रिय पत्रकारहरु साथै सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस