भोजपुर खबर

सिलाई कटाई तालिमको समापन

भोजपुर, २५ जेठ । भोजपुर जिल्लाको पुर्वी पौवादुम्मा गाउँपालीका वडा नं ५  सानोदुम्मामा सञ्चालीत तिन महिने सिलाई कटाई तालिमको शुक्रबार समापन भएकोे छ  । तालिमको समापन वडा अध्यक्ष दल बहादुर राईको प्रमुख आतिथ्यतामा गरीएको हो । घरेलु तथा साना उद्योग विकाश संस्था र सानोदुम्मा वडा कार्यालयकोे आयोजना साथैे बिसौनी महिला वचत तथा क्रण सहकारी स्ांस्थाको प्रायोजनमा तालिम सञ्चालन गरीएको सञ्चालक  संस्थाकी व्यावस्थापक पवित्रा भुजेलले जानकारी दिइन ।
तालीम त्यस ठाउँका महिलालाई आत्म निर्भर, स्वाभलम्भी साथै आर्थीक रुपमा सक्षम वनाउनका लागी सञ्चालन गरीएको प्रशिक्षक तारा देवि राई पोखरेलले जानकारी दिईन ।
फागुन ३० गतेबाट सुरुभएको तालिममा स्थानीय १० जना महिलाको सहभागिता रहेको थियो । उनीहरुलाई शुक्रबारनै प्रमाणपत्र र सहभागी मध्ये ५ जनालाई सिलाई मेसिन दिएर विदाई गरीएको प्रशिक्षक पोखरेलले जानकारी दिईन ।
 

प्रतिकृया दिनुहोस