भोजपुर खबर

भोजपुरमा एकैचोटि धेरै विद्यार्थीहरु विरामी हुदा विद्यालय बन्द

भोजपुर, २५ जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ६ स्थित गोल्मारानी आधारभुत विद्यालयका विद्यार्थी एकसाथ विरामी हुदा विद्यालय २ दिन बन्द गरीएको छ । विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरु मध्ये २८ जना विद्यार्थीहरु बिरामी हुदा पठनपाठन बन्द गरीएको हो । विद्यार्थीहरुमा एकैसाथ शुख्खा खोकी लाग्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने , ज्वरो आउने लगाएतका समस्या देखिएकाले २ दिन पठनपाठन बन्द गरीएको शिक्षक चोलेन्द्र ओझाले जानकारी दिए  । 
त्यस्तै रोग कसरी फैलिएको भन्ने विषयमा स्वास्थ क्षेत्रका सरोकारवाला भने मौन रहेका छन् । विद्यार्थीहरुमा एक्कासि देखा परेको रोग पहिचान र उपचारका लागि तत्काल औषधी सहितको टोली प्रभावित क्षेत्रमा पठाउन सरकार संग स्थानीयले माग गरेका छन । 

प्रतिकृया दिनुहोस