खेलकुद

अल्ट्रा म्याराथुन सकियो, दुवैतर्फको उपाधि राई लाई

भोजपुर, २५ जेठ । विश्व चर्चीत अल्ट्रा धावक मिरा राईको सम्मानमा खेलाईएको अल्ट्रा म्याराथुन दौड सम्पन्न भएको छ  । दौडमा पुरुष तर्फ विवेक राई प्रथम, उमेश राई द्धितिय, राम बहादुर गुरुङ तृतीय, सरोज राई चर्तृथ र मैषम राई पाचौँ भएका छन । त्यस्तै महिला तर्फ निरकला राई प्रथम, पुर्णिमा राई द्धितिय, प्रतिभा श्रेष्ठ तृतिय, प्रतिक्षा राई चौथो, देविहाङमा राई पाचौँ भएका छन । उनीहरुमध्ये प्रथमहुने पुरुषले ५ घण्टा ३२ मिनेट र महिलाले ६ घण्टा २४ मिनेटमा  ५२ किलोमिटर दुरीपार गरेको रिमाचुङ एजुकेशन एण्ड स्र्पोटस क्लब भोजपुरका अध्यक्ष पाविहाङ राईले जानकारी दिए । 
म्याराथुन दौड जेठ २५ गते विहान ७ वजे भोजपुरको सहिदर्पाकबाट सुरु भई धापर्खक, सुन्तले, बाघ खोर, लुमुभञ्ज्याङ, चुचे माने, हुदै ढुङगेर्खक पुगेर पुन. भोजपुर करिब ५२ किलोमिटर भएको आयोजकले जानकारी दिएको छ । 
त्यस्तै विजयी प्रतियोगीहरुमा प्रथम हुने महिला÷पुरुषलाई ५० हजार, दोश्रो हुने महिला÷ पुरुषलाई २५ हजार, तेश्रो हुने महिला÷पुरुषलाई १५ हजार, चौथो हुने महिला÷ पुरुषलाई १० हजार र पाचौ हुने महिला÷पुरुषलाई ५ हजार नगद पुरुस्कार प्रदान गरीने छ ।
 

प्रतिकृया दिनुहोस