भोजपुर खबर

अनौपचारीक शिक्षा प्रदायक संघसंस्थाहरुका लागी २ दिने समन्वय गोष्ठी

भोजपुर, २४ जेठ । भोजपुरमा अनौपचारीक शिक्षा प्रदायक संघसंस्थाहरुका लागी जिवनपर्यन्त शिक्षा सम्बन्धि २ दिने समन्वय गोष्ठी सुरु भएको छ । अनौपचारीक शिक्षा केन्द्र सानोठिमी भक्तपुरको आयोजना र शिक्षा विकास समन्वय इकाई भोजपुरको संयोजनमा गोष्ठी सुरु भएको हो । गोष्ठी जेठ २४ गते बाट सुरु भई जेठ २५ गते सम्पन्न हुने  शिक्षा विकास समन्वय ईकाई भोजपुरका प्रमुख मान बहादुर देवकोटाले जानकारी दिए । गोष्ठीमा अनौपचारीक शिक्षा, निरन्तर सिकाई र जिवनपर्यन्त सिकाईका बारेमा जिल्ला स्थित सरोकारवाला निकायहरुसँग छलफल तथा अन्र्तक्रिया गरीने प्रशिक्षक अनौपचारीक शिक्षा केन्द्रका उपनिर्देशक वद्रि पौडेलले जानकारी दिए । 
गोष्ठीमा अनौपचारीक शिक्षा केन्द्रका निर्देशक चुडामणी पौडेल, क्षेत्रिय शिक्षा निर्देशानलयका उपनिर्देशक राज कुमार विश्वकर्मा, भोजपुर श्रोत व्यक्ति धुव्रराज रेग्मी, भोजपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष जय वहादुर तामाङ, १२ का वडा अध्यक्ष कुमार श्रेष्ठ, विभिन्न विद्यालयका शिक्षकहरु, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु, सामुदायीक अध्ययन केन्द्र भोजपुरकी अध्यक्ष लगायतको उपस्थिती रहेको छ । 
 

प्रतिकृया दिनुहोस