राष्ट्रिय

नेविसंघद्धारा सरकारलाई चेतावनी, मुल्यवृद्धि र्फिता नलिए चरणवद्ध आन्दोलन गर्ने

भोजपुर, २४ जेठ । नेपाल विद्यार्थी संघले नेपाल सरकारलाई मृल्यवृद्धि र्फितालिन माग गर्दै जिल्ला प्रशासन कार्यालय भोजपुरमा ज्ञापनपत्र दिएको छ । विज्ञाप्तीमा भनिएको छः, जनताको जनचाहना विपरित भएको पेट्रोलियम पदार्थ साथै दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि यथाशिघ्र फिर्ता नगरे सशक्त अन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने भनी नेपाल विद्यार्थी संघले सरकारलाई चेतवानी  दिएको छ । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति भोजपुरका कार्यवहाक सभापती मनोज खनाल र नेपाल विद्यार्थी संघ क्याम्पस इकाई कमिटिका सभापती टार्जन राईद्धारा हस्तक्षरीत ज्ञापनपत्र विहिबार जिल्ला प्रशासन कार्यालय भोजपुरकी प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेललाई वुझाईएको नेपाल विद्यार्थी सघं क्याम्पस इकाई कमिटि सचिव अनोज कार्कीले जानकारी दिए । 
त्यस्तै समृद्ध नेपालको झुटो नारा दिएर उदाएको केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार यती वेला जनविरोधी काम गर्न व्यस्त छ । नेपालको राष्ट्रियता नै कमजोर वनाउने चलखेलमा सक्रिय वर्तमान कम्युनिष्ट सरकारले आफूले गरेको १०० दिनमा पेट्रोलियम पदार्थमा ५ पटक मुल्य वृद्धि साथै कालोबजारीया र माफीयाहरुको जंगोलमा फसेर दैनिक उपभोग्य वस्तुहरुमा समेत चरम मुल्य वृद्धि गरी नेपाली जनताहरुको इच्छा र चाहना माथि खेलबाड गरेको भनी ज्ञापनपत्रमा उल्लेख गरीएको छ । साथै ज्ञापनपत्रमा सरकार कल्याणकारी राज्य व्यवस्था अनुसार चल्न र मुल्य बृद्धि तत्काल फिर्ता गर्न नेविसंघले जोडदार माग गर्दछ भनी जनाईएको छ । 
त्यस्तै प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले ज्ञापनपत्र वुझदै आफुले ज्ञापनपत्रलाई तत्काल गृह मन्त्रालयमा पठाउने र गृहमन्त्रालयबाट आएको निर्देशन जानकारी गराउने बताईन ।

प्रतिकृया दिनुहोस