भोजपुर खबर

युनाईटेड वोर्डिङमा योजनाहरु संकलन

भोजपुर, २४ जेठ । भोजपुर नगरपालिका वडा नं ८ को गाउँ तथा टोलका योजना संकलन कार्यक्रम विहिबार बाट सुरु भएको छ । योजना संकलन कार्यक्रम युनाईटेड वोर्डिङबाट जेठ २४ गते देखि सुरु गरीएको हो । जसअन्र्तगत जेठ २४ गते युनाईटेड वोर्डिङमा वसेको वैठकले ३१ वटा योजनाहरु संकलन गरीएको वडा अध्यक्ष गोपाल कार्कीले जानकारी दिए । 
त्यस्तै जेठ २५ गते योजना संकलनका लागी सरस्वती आधारभुत विद्यालय पोखरे र जेठ २६ गते प्रजातान्त्रिक आधारभुत विद्यालयमा योजना संकलन गर्ने अध्यक्ष कार्कीले जानकारी दिए । 
संकलन भएका योजनाहरु अधिकांश खानेपानी विस्तार तथा सडक स्तरउन्नती र सडक विस्तारको रहेको छ । संकलन भएका योजनाहरुको छनौट गाउँ कार्य समिति द्धारा जेठ २७ गते गरीने अध्यक्ष कार्कीले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस