खेलकुद

अल्ट्रा म्याराथुनमा ८० जना सहभागी, १७ जना महिला

भोजपुर, २३ जेठ । भोजपुरकी विश्व चर्चीत अल्ट्रा धावक मिरा राईको सम्मानमा अल्ट्रा म्याराथुन जेठ २५ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति भोजपुरले जेष्ठ २३ गते पत्रकार सम्मेलन गरेर दोश्रो भोजपुर मुन्धुम अल्ट्रा ट्रेल रेस २०७५ मा महिला १७ जना र ६३ जना पुरुष गरी ८० जना धावकहरु सहभागी भएको  रिमाचुङ एजुकेशन एण्ड स्र्पोटस क्लब भोजपुरका अध्यक्ष पाविहाङ राईले जानकारी दिए । दर्ता फारमबाट संकलन भएको रकम भने पञ्चकन्या आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च गर्नलाई विद्यालय कोषमा जम्मा गरीदिने अध्यक्ष राईले बताए ।
म्याराथ्ुन दौड जेष्ठ २५ गते विहान ६ वजे भोजपुरको स्थानीय टुडिखेलबाट सुरु भई सुन्तले डाँडाँ, बाघखोर, लोमेभञ्ज्याङ, चापे, एकराते, चुचे गुम्बा, हुदै मयुडाँडाँ पुगेर पुन भोजपुर करिब ६६ किलोमिटर बाट घटाएर ५२ किलोमिटर सम्म हुने आयोजकले जनाएको छ । 
त्यस्तै म्याराथुनमा प्रथम हुने महिला÷पुरुषलाई ५० हजार, दोश्रो हुने महिला÷ पुरुषलाई २५ हजार, तेश्रो हुने महिला÷पुरुषलाई १५ हजार, चौथो हुने महिला÷ पुरुषलाई १० हजार र पाचौ हुने महिला÷पुरुषलाई ५ हजार नगद पुरुस्कार प्रदान गरीने छ । त्यसैगरी सामुहिक टिम तर्फ म्याराथुनमा प्रथम हुनेटिमलाई ट्रफि, प्रमाणपत्र र १० हजार, दोश्रो हुनेटिमलाई ट्रफि, प्रमाणपत्र र ८ हजार  र तेश्रो हुनेटिमलाई ट्रफि, प्रमाणपत्र र ५ हजार प्रदान गरीने आयोजकले जानकारी दिएको छ । 
म्याराथुन प्रतियोगीताको आयोजक र मुख्य प्रायोजक राष्ट्रिय खेलकुद परिषद नेपाल, संयोजक दावाली मिलन क्लब, तिम्मा सरोकार समाज र रिमाचुङले गर्ने भएको छ भने प्रतियोगीताको प्राविधिक सहयोग नेपाल माउन्टेन स्काई रनिङ एसोशियसनले गर्ने भएको  रिमाचुङ एजुकेशन एण्ड स्र्पोटस क्लब भोजपुरका अध्यक्ष पाविहाङ राईले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस